दुई केजी सुनसहित तीन जना पक्राउ

मङ्सिर २२, काठमाडौं । प्रहरीले दुई किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गा चेकपोष्टमा रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडी नियन्त्रणमा लिई चेक जाँच गर्दा उक्त गाडीको गेयर बक्स एरियामा सुन जस्तो देखिने पहेलो रङ्गको धातुको विस्कुट आकारको दुई थान ढिक्का (दुई किलोग्राम) बरामद गरेको थियो।

सुनसहित रसुवाका २६ वर्षीय बिरु तामाङ, २१ वर्षीय सुनिल भुजेल, २८ वर्षीय ग्याल छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.