अवैध रूपमा ल्याइएको तेत्तीस बोरा चिनी बरामद

मंसिर २०, काभ्रे  ।  इलाका प्रहरी कार्यालय मङ्गलटारले अवैध रूपमा लुकाइछिपाई ल्याएको ३३ बोरा चिनी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटेको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र.०३.००१ ख १९६६ नम्बरको बसमा अवैध रूपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरेको हो । बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसको छत र डिकीमा लुकाई छिपाई ल्याएको ३३ बोरा करिब एक हजार ६५० किलोग्राम चिनी बरामद गरिएको हो ।

चिनी ल्याउने बस र चालक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय बजारमा चिनीको अभाव भएसँगै बिपी राजमार्ग हुँदै तराईका जिल्लाबाट साना तथा ठुला गाडीहरूले अवैध रूपमा चिनी राजधानी भित्र्याउने गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.