गायक विपिन घिमिरेको “राजा रानी” बोलको गीत सार्वजनिक (भिडियो सहित)

मंसिर १९, काठमाडौँ । पछिल्लो समय अत्यन्तै व्यस्त रहेका गायक विपिन घिमिरेको राजा रानी बोलको गीत सार्वजनिक भएको छ।

आफ्नै स्वर सङ्गीत रहेको गीतमा गायिका शिला विष्टले साथ दिएकि छिन। साहित्य र सङ्गीतको विद्यार्थी भन्न रूचाउने विपिनले हरेक खालका गीत पस्कदै आएका छन। निरज सिग्देलको शव्द अनि निरन्जन सिग्देलको निर्माण र गणेश शाहिको निर्देशन रहेको गीतमा कथा÷ परिकलपना सवनम सिलवालको रहेको छ।

लगानिकर्ताको विश्वसनीय पात्र वनदै गएका विपिन स्टुडियो रेकर्डिङ देखि गीत सार्वजनिक नहुदा सम्म समय दिन्छन् र ईमानदारी र स्पष्ट तवरले काम निभाउछन्। विगत पन्ध्र वर्षदेखि साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा कार्यरत विपिनले त्यहावाट धेरै सिक्न पाएको र सवैको हौसला पाएको वताउछन्। सङ्गीत क्षेत्रमा अग्रज कलाकारको प्रिय पात्रका रूपमा र समकालीन कलाकारमा मर्यादित स्थान वनाउदै गैरहेको स्पष्ट देखिन्छ। राजा रानी पश्चात् चलचित्र पार्श्व सङ्गीत र गायनमा आगामि सृजना आउनलागेको पनि वताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.