नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन जेठ ३ देखि ७ सम्म गर्ने निर्णय

मङ्सिर १९, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । महाधिवेशन काठमाडौंमा गरिने उनले बताए । उनले राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका निम्ति अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको जनाए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.