आज विश्व अपांगता दिवस, विविध कार्यक्रम गरि मनाइँदै

मंसिर १७, काठमाडौं । आज ३२औं विश्व अपांगता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय अपांगता दिवसको नारा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने रहेको छ ।

नेपालमा संविधानले अपाङ्गगता भएकाहरुको अधिकार सुरक्षित गरेपनि त्यस अनुसारको ब्यवहार भने हुन सकेको छैन । सरकारी कार्यालयदेखि सडकसम्म अपांगमैत्री नहुँदा अपाङ्गगता भएकाहरुले ठूलो सास्ती बेहोेर्नु पर्ने गरेको छ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन लगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपांगता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने उल्लेख गर्नुभएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.