राष्ट्रियसभा निर्वाचन : मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता

मङ्सिर १५, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन हुँदैछ ।

सरकारले निर्वाचनको मिति तय गरेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको हो । सो तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुले मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता गर्नुपर्नेछ । १ पुसमा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । यस्तै, १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ भने २० गतेदेखि २९ गतेसम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ । उम्मेदवारी दर्ताको मिति भने तोकिएको छैन । यसबारे आइतबार यसबारे निर्णय हुने जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.