“वातारण संरक्षण पहिलो संशोधन विधेयक २०७५” सर्वसम्मतिले पारित

भदौ २३, काठमाडौँ । राष्ट्रिय सभाको शुक्रबारको बैठकले “वातारण संरक्षण पहिलो संशोधन विधेयक २०७५” सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको अध्यक्षतामा बसेको बैठकले उक्त विधेयकलाई बहुमत सदस्यले पारित गरेको हो ।

वातावरण संरक्षण ऐन ०५३ लाई खारेज गरी राष्ट्रियसभाले वातारण संरक्षण पहिलो संशोधन विधेयक, २०७५ पारित गरेको हो । बैठकमा उपाध्यक्ष दाहालले ऐनको प्रस्तावना र नाम पढेर सुनाएका थिए।

यसअघि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले “वातारण संरक्षण पहिलो संशोधन विधेयक, २०७५ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको विधेयक माथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्तुत गरेको प्रस्तावमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिएका थिएनन् । राष्ट्रियसभाको अर्को बैठक आज ५ः१५ बजेसम्मका लागि स्थगित भएको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.