लमजुङमा नेपालकै पहिलो समलिंगी विवाह दर्ता

मङ्सिर १३, काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकामा नेपालमै पहिलो समलिंगी विवाह दर्ता भएको छ।

दोर्दी गाउँपालिका-२ का रामबहादुर गुरुङ (माया) ले नवलपरासी कावासाेती नगरपालिका-८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको हो।

सर्वोच्चले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो। योसँगै वडाको सिफारिसमा पालिकामा उक्त विवाह दर्ता भएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।

राष्ट्रिय पञ्जिकरण विभागले पनि गाउँपालिकालाई उक्त आदेश अनुसार विवाह दर्ता गर्न पत्र लेखेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.