पति–पत्नीको झगडाले विमान दिल्ली डाइभर्ट

मङ्सिर १३, नयाँदिल्ली । यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।

“विशेषरूपमा पती–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो”, स्रोतले बताएको छ । दिल्ली विमानस्थलको उड्डयन सुुरक्षाले भनेको छ, “पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्यो ।”

विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर अज्ञात कारणले त्यो अनुरोधलाई पूरा गरिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो । विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एयरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । रासस÷ एएनआई

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.