सांसद महेशकुमार महराको पसलबाट चोरी

मङ्सिर १२, काठमाडौं । राष्ट्रिय सभाका सांसद महेशकुमार महराको पसलबाट धनमाल चोरी भएको छ ।

काठमाण्डौ महानगरपालिका घट्टेकुलोमा रहेको महराको पसलबाट केही धनमाल चोरी भएको प्रहरीले जनाएको हो । आज बिहान घट्टेकुलोमा रहेको पसलको सटर खोल्ने क्रममा उनका श्रीमतीले पसलअगाडि राखेका सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए ।

उनले भने, ‘पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको देखिएको छ ।’ घटनाका बारेमा प्रहरीले सीसी टीभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.