आन्दोलनमा हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले बीच बाटाेबाटै फर्कायो

मङ्सिर १२, काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंलाई प्रहरीले बाटोबाटै फिर्ता पठाएको छ ।

आज आफ्नो समूहको गौंशालामा हुने आन्दोलनका लागि कार्यकर्तासहित घरबाट हिँडेका प्रसाईंलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो । पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको हो । त्यहाँ केहीबेर बादविवाद भएको थियो ।
तर, प्रहरीले अगाडि जान निषेध गरिएको बताएपछि तीनवटै गाडी फर्काइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.