त्रिविको ४९औं दीक्षान्त समारोह पुस २ गते

मङ्सिर ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह पुस २ गते हुने भएको छ । त्रिविले आज एक सूचना प्रकाशित गर्दै यस वर्षको दीक्षान्त समारोह पुस २ गते दशरथ रङ्गशालामा हुने जानकारी दिएको हो ।

त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई पुस २ गते बिहान ८ बजेदेखि १० बजेभित्र समारोहस्थलमा प्रवेश गरिसक्न भनेको छ । दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि त्रिविले यसअघि नै अनलाइन फाराम भराइसकेको छ ।

समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान ८ः०० बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्न र तोकिएको स्थानमा बस्न त्रिविले अनुरोध गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.