काठमाडौंमा चार घण्टा गुञ्जिए अरिजित

काठमाडौं । भारतीय गायक अरिजित सिंहले काठमाडौंमा चार घण्टा गीत गाएका छन् । शनिबार साँझ भएको सांगीतिक कार्यक्रममा उनले चार घण्टा लामो प्रस्तुति दिएका हुन् ।

पहिलो पटक नेपाल आएका उनले १० हजार नेपाली दर्शकबीच हायात रिजेन्सीमा आफ्ना दर्जनौं लोकप्रिय गीत गाए ।

केसरिया तेरा’, ‘जो तुम ना हो’, ‘प्यार झुठा था तो’, ‘बेखयाली’, ‘केहेते हे खुदा ने इस’, ‘तेरा प्यार मे’, ‘अगर तुम साथ हो’, ‘ए दिल हे मुस्किल’, ‘घुंगरू टुट गए’, ‘खेरियत पुछो’, ‘दिल सम्हाल जा जरा’, ‘जालिमा’, ‘रंगदे तु मो हे गेरुवा’, ‘अपना बनाले पिया’, ‘जो तु मेरा हम दर्द है’, ‘मे फिर भि तुमको’ लगायत गीत गाए ।

अरिजितले आफ्ना सयौं नेपाली फ्यानलाई अटोग्राफ दिएका थिए । अटोग्राफ लिनेको भीड लागेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.