वडा सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मङ्सिर ८, काठमाडौं । रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडासचिव शिवकुमार महतोविरुद्ध आफू जीवितै हुँदै आफ्नो मृत्युको दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार महतोले निर्मला खत्रीसँगको मिलेमतोमा खत्रीको जीवित श्रीमानको मृत्यु भएको भनी बदनीयतपूर्वक एकल महिलाको सामाजिक सुरक्षा भत्ताको परिचय पत्र बनाएको आरोप लागेको छ ।

उहाँका अनुसार गलत लिखत तयार पारी नेपाल सरकारलाई ४५ हजार २२० रुपियाँ हानिनोक्सानी पुर्‍याएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलउपर हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोेपपत्र दायर भएको आयोगले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.