त्रिविका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर

मंसिर ७, काठमाडौं । त्रिविका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर भएका छन् ।

बिहिबार काठमाडौं जिल्ला अदालतले नेविसंघ त्रिवि इकाइका तत्कालिन सभापति र सचिवसहित ६ जनालाई दोषी ठहर गर्दै २ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले आरोपित ७ जनामध्ये ६ जना हरिप्रसाद आचार्य, योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई दोषी ठहर गरेको हो ।

अर्का आरोपित दीपक ओझाले भने सफाइ पाएका छन् । अदालतबाट उनीहरुबाट पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति असुल गर्ने आदेश समेत भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.