सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले दिइयो अन्तराष्ट्रिय सम्बन्ध विस्तारको जिम्मेवारी

मंसिर ५, काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको अन्तराष्ट्रिय सम्बन्ध विस्तारका लागि अमेरिका स्थित सन्फ्रान्सिस्कोमा बस्नुहुने ज्ञानकाजी तामाङ (लामा) लाई संयोजकको जिम्मेवारी दिएको छ ।

महासङ्घको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष उमीद बागचन्दले तामाङलाई जिम्मेवारी मनोनय गरिएको पत्र हस्तान्तरण गर्नुभयो । विसं २०७८ फागुन २ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सूचनाको हकका क्षेत्रमा काम गर्ने १५ संस्थाले महासङ्घ विधिवत् दर्ता गरेका थिए । महासङ्घको पहिलो महाधिवेशन गत असोज दोस्रो साता राजधानीमा सम्पन्न भएको छ । महासङ्घले सात प्रदेश र ६० भन्दा बढी जिल्लामा शाखा गठन गरिसकेको छ ।


धेरै नेपालीको बसोबास रहेका देशमा महासङ्घले शाखा गठन गर्ने नीति अनुरुप अमेरिकामा शाखा गठन गरिएको सबै राज्यमा सङ्गठन बिस्तार गर्ने गरी जिम्मेवारी दिइएको अध्यक्ष बागचन्दले जानकारी दिनुभयो । हाल अमेरिकामा दुई लाख १९ हजार नेपाली बसोबास गरिरहेको हालै त्यहाँको अध्यागमनले निकालेको तथ्याङ्कमा उल्लेख गरिएको जानकारी नव मनोनीत लामाले सुनाउनुभयो । जसमा १५ हजार १७ जना अध्ययनका लागि गएका विद्यार्थी रहेको जनाइएको छ ।

महासङ्घले विदेशमा पहिलो शाखा विस्तार गर्नेभएको छ । नेपालीको धेरै बसोबास रहेका देशमा सूचनाको हक प्रवद्र्धन एवं संवद्र्धनका लागि अन्य शाखा पनि विस्तार  गर्ने तयारी भइरहेको महासङ्घले जनाएको छ । धनगढीमा हुने केन्द्रीय समितिको बैठकमा महासंघको प्रवास शाखा सम्बन्धमा छलफल गरि विधान समेत संशोधन गर्ने भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.