नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान प्राप्त

मंसिर २, काठमाडौं । नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानवाट सम्मानित गरिएको छ ।

भारतमा ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्दै आएको मुसाफिर मिडिया हवले भारतमा उडान भर्ने एयरलाइन्सहरुमध्ये सन् २०२३ को लागि नेपाल वायूसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनौट गरेको हो । १६ नोभेम्वर, २०२३ मा दिल्लीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको थियो । यस सम्बन्धमा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले सम्मान प्राप्त हुंदा खुशी लागेको र अझै जिम्वेवारीपुर्वक काम गर्न प्रेरणा मिलेको बताउनुभयो ।

निगमले हाल अन्तर्राष्ट्रिय तर्फ चारवटा जहाजबाट दिल्ली, मुम्वई, वैंलोर, दुवई, दोहा, दमाम, वैंकक, हङ्गकङ्ग, मलेसिया, जापान लगायत दश गन्तव्यमा उडान भरिरहेको छ । त्यसैगरी आन्तरिक तर्फ दुइवटा ट्वीनअटर जहाजबाट ताप्लेजुङ्ग, ईलाम, भोजपुर, फाप्लु, थामखर्क, खानिडाँडा, रुकुम, नेपालगञ्ज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा, दाङ्ग, रेसुङ्गा लगाएयत पन्ध्र गन्तव्यमा उडान भरिरहेको छ । दशैं तिहारजस्ता चाडवाडमा यात्रुको चाप र आवश्यकतालाइ हेरी निगमले एउटा जहाज नेपालगञ्जमा राखि त्यहांवाट रुकुम, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा जस्ता दुर्गम क्षेत्रका यात्रुलाई सेवा दिइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

निगमको सेवा तथा गुणस्तर अन्तर्राष्ट्रिय स्तरको भएको र यसको बृद्धिमा लगातार प्रयास भइरहेकोे कुरा यस्ता अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त हुनुले पुष्टि गरेको निगमका प्रवक्ता पौडेलको भनाई छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.