साफ च्याम्पियनसिप अन्तर्गत नेपाल सेमिफाइनल पुग्ने सम्भावना कति ?

भदौ २३, काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत निर्णायक खेलमा नेपालले आज बंगलादेशबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाल र घरेलु टोली बंगलादेशबीचको खेल नेपाली समयअनुसार आज साँझ पौने सात बजेदेखि सुरु हुनेछ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । भुटानबिरुद्धको जितले नेपाली टोली उत्साहित छ । यद्यपी घरेलु टोली र बंगलादेशको गर्मीकाबीच नेपालका लागि आजको खेल निकै कठिन हुनेछ ।

नेपालका लागि सेमिफाइनल पुग्न यो खेल महत्वपूर्ण छ। नेपाल र बंगलादेशले खेल्नुअघि भुटान र पाकिस्तानले सोही मैदानमा प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ मा चारै टोलीको सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना बाँकी रहँदा पहिलो खेल सबै टोलीको लागि निकै महत्वपूर्ण छ ।

पाकिस्तान र भुटानबीचको खेल दिउँसो ३ः ४५ बजे हुने भएकाले नेपालको लागि केही सहज हुनेछ। पहिलो खेलको नतिजापछि नेपालले सेमिफाइनल पुग्न कस्तो नतिजा निकाल्नुपर्छ भन्ने समिकरण बन्नेछ। त्यस खेलको नतिजा हेरेर कस्तो खेल्ने अनुमान गर्न सक्छ। यद्यपि, नेपालले बंगलादेशलाई पराजित गरेमा अन्तिम चारमा पुग्नेछ।

सुरुआती दुई खेलमा जित हासिल गरेको बंगलादेशको ६ अंक छ भने नेपाल र पाकिस्तानको ३-३ अंक छ । गोलअन्तरका आधारमा पाकिस्तानभन्दा नेपाल अगाडि छ । यसै समूह अन्तर्गत भुटान र पाकिस्तानबीचको खेल आजै अपराह्न पौने ४ बजेदेखि सुरु हुँदैछ । यस खेल भुटानले जितेको अवस्थामा नेपालले बंगलादेशसँग बराबरी खेले पुग्छ ।

अन्याथा नेपालले जित हासिल गर्नैैपर्छ । बंगलादेशका लागि भने नेपालबिरुद्धको खेल बराबरी नै काफी हुनेछ । त्यसैले आज घरेलु मैदानमा बंगलादेशको रक्षापंक्ति तोड्न नेपाली टोलीलाई कठिन हुनेछ । नेपाल र बंगलादेश अहिलेसम्म १८ पटक आमने सामने भइसकेका छन । यसअर्थमा बंगलादेश नेपालको चीरपरिचित प्रतिद्वन्द्वी हो । यद्यपी नतिजा भने नेपालको पक्षमा छैन ।

नेपालले १२ खेलमा हार ब्यहोरेको छ भने ५ खेलमात्र जितेको छ । एक खेल बराबरीमा सकिएको छ । नेपालको सिनियर टोलीले पाँच वर्षयता बंगलादेशसँग अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन । सन २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले बंगलादेशलाई २–० गोलले पराजित गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.