चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन मंगलबारसम्म नरोक्ने निर्णय

कार्तिक ३०, काठमाडौं । चलचित्र ‘ दिमाग खराब’ को प्रदर्शनलाई कम्तीमा आगामी मंगलबारसम्म निरन्तरता दिइने भएको छ । चलचित्रका निर्माता र नेपाल चलचित्र संघको कार्य समितिबीच आज भएको छलफल सकारात्मक भएकाले प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको जनाइएको छ ।

संघका महासचिव नरेन्द्र महर्जनले निर्माण पक्षसँगको वार्ता सकारात्मक रहेको जानकारी दिएका छन् । ‘आज मिति २०८० साल कार्तिक ३० गते बिहीबारका दिन नेपाली चलचित्र ‘दिमाग खराब’ का निर्माताहरू र नेपाल चलचित्र संघको कार्य समितिबीचको छलफल सकारात्मक भएकाले आगामी मंसिर ५ गते मंगलबारका दिन पनि बाँकी अन्य बुँदाहरूमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति अनुसार पूर्ववत् रूपमा चलचित्र ‘दिमाग खराबुको प्रदर्शन मंगलबारसम्म गर्ने निर्णय गरियो,’ महर्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विभिन्न दुईवटा माग राखेर दिमाग खराबको टिमले बुधबार चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको थियो । उनीहरूले दिनप्रतिदिन दर्शकहरू बढिरहँदा पनि हलहरूले शो नदिएको गुनासो गरेका थिए । अर्कोतिर चलचित्र निर्माता र हल सञ्चालकबीच हुने सेयर बाँडफाँटलाई लिएर पनि आफ्नो माग अघि सारेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.