सरकारले नेपाल चिनाउन करोडौँ खर्च गरिए तर टिकटकले निःशुल्क चिनाए– परशुराम पोखरेल 

कार्तिक २८, काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकलाई नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेसंगै चौतर्फी विरोध र समर्थनमा विभाजित भएको छ ।

प्रविधिको विकाससंगै हरेक मानव समाजमा हरेक गतिविधि सहज बनाइरहेको बेला नेपालमा भने प्रविधिलाई प्रतिबन्ध गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै सोमबार बसेको मन्त्री परिषदको बैठकले टिकटकलाई नेपालमा प्रतिबन्ध गर्ने निर्णय लिएपछि सरकार आलोचना खेप्नुपरेको छ । टिकटक जस्तो सामाजिक सञ्जाल विकासको प्रविधिलाई सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि गणतान्त्रिक मुलुकमा संविधानकै धज्जी उडाएको जानकारहरू बताउँछन् । संविधानले नेपाल र नेपाली नागरिकको लागि मौलिक हकअन्तरगत स्वतन्त्र अभिव्यक्ति दिन पाउने, सूचना तथा जाकनारी सहज रूपमा पाउने हक अधिकारलाई सुनिश्चित गरेको छ । तर सरकार प्रविधिमाथी नै जाइलागेपछि कतै निरकुंशतर्फ त लागेको होइन भन्ने प्रश्नहरू उब्जिएको छ ।

सरकारले गरेको निर्णयलाई प्रतिवाद गर्दै वी.वि. संग्रहालयका संस्थापक अध्यक्ष तथा राजनीतिकर्मी परशुराम पोखरेल लेख्नुहुन्छ सरकारले नेपाल चिनाउन करोडौँ खर्चिएर गरेको विज्ञानपनले भन्दा टिकटकले विना खर्च नेपाललाई विश्वसामु चिनाउन सक्षम भएको छ । टिकटकले नेपाल र नेपाली कला, संस्कृति तथा पहिचानलाई चिनाउन सफल बन्दै गएको बेला सरकारले गरेको यो निर्णय गलत रहेको पोखरेलको दावी छ ।  काँग्रेसको नेता समेत रहेको पोखरेलले सरकार र ठुला राजनितीक दल सामाजिक सन्जालमा आएका सत्य र तथ्यमा आधारित कुराहरूबाट तर्सिन थालेछन् , मेरो पार्टी नेपाली कॅाग्रेस पनि तर्सिएको हो ? उनले प्रश्न गरे ।

संसारभरी  अरबौ मानिसहरूले मन पराएको लोकप्रिय कार्यक्रम टिकटक नेपाल सरकारले बन्द गर्ने निर्णय गरेको छ भन्ने सुनियो। म पनि गणतन्त्र ल्याउन कसिएर लागेको मान्छे।सरकारलाई गणतन्त्रनै खतरामा पर्न लाग्यो सामाजिक सन्जालका कारण भन्ने लागेको छ भने।सरकार कान खोलेर सुन गणतन्त्र अब झन् खतरामा पर्न सक्छ।भ्रष्टाचार,बलत्कार र हत्या आतंक जस्ता मुद्धा प्राय सबैदलका नेतालाई लागेको छ। चुनाब आयो वडा सदस्य पददेखी प्रतिनिधी सभा सदस्य सम्मको पदको लागि पैसा भेटी नचढाई उम्मेदवार बन्ने  टिकट पाइदैन जनता वाक्क ब्याक्क भएका छन्।

विभिन्न आन्दोलनमार्फ व्यवस्था ल्याउन गरिएको त्याग र बलिदानीको मर्म विपरीत सरकारले गरेको निर्णयलाई चुनौती दिदै टिकटकमार्फत सरकार र सरकारले गरेको कर्तुत  आम जनताले थाहा पाउने डरले यस्तो निर्णय गरेको बताए । उनी सामाजिक सञ्जालमा लेख्छन्– ‘टिकटकमा अहिले आएको सरकारका गलत कुराहरूका कारण पनि टिकटकले  राजा फर्काउछ भनेर पनि सरकार डराए जस्तो छ। रिगल जस्ता हत्याराहरूलाई आममाफी दिने कारण के थियो यदी पैसाको चलखेल थिएन भने। सरकार यसै आत्तिएको छ अब कर्फ्यू लगौन बेर छैन। सेना प्रहरी र निजामती सेवाका कर्मचारीले सरकारको अबज्ञा गर्न सक्ने अबस्था आउन सक्छ। जनताले त अबज्ञा गर्न सक्छन्। राजनितीक दलहरूले भयंकर भुल गरेका छन्। सुध्रिने समय अझै छ। प्रत्यक्ष निर्बाचनबाट प्रधानमन्त्री या राष्ट्रपतीको चुनाब गरौ भन्यो भने अब माओबादी,एमाले कुनै पनि कम्यूनिय्ट पार्टीले हुन्छ भन्न सक्तैनन्। नेताहरूको टाउकामा खतराको घन्टी बज्न सक्छ।’

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.