प्रधानाध्यापक मृत्युबारे छानबिनकाे माग गर्दै सिराहा राजमार्ग अवरूद्ध

कार्तिक २०, काठमाडौं  । सिराहा एक सरकारी विद्यालयका प्रधानाध्यापकको मृत्युको घटना छानबिन गर्न माग गर्दै राजमार्ग अवरूद्ध गरिएको छ।

जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै मृत भेटिएका थिए। घटनामा प्रहरी अनुसन्धान शंकास्पद देखिएको भन्दै साहका परिवारसहित आफन्त आन्दोलित हुन्।

घटना निष्पक्ष छानबिन गर्न माग गर्दै पीडित परिवारसँगै स्थानीयले टायर बालेर प्रदर्शन गर्दै मिर्चैयास्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । उनीहरुले राजमार्ग सोमबार विहान ९ देखि १२ बजेसम्म साढे तीन घण्टा अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। अहिले भने राजमार्ग खुलाइसकेको उनले बताए ।

विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा आइतबार मिर्चैया नगरपालिका वडा नम्बर ६ घर भएका प्रधानाध्यापक साह झुण्डिएको अवस्थामा फेला परेका थिए। शव फेला परेको ठाउँमा रगतसमेत देखिएकाले हत्या हुन सक्ने अनुमान लगाउँदै मृतक परिवारले निष्पक्ष छानबिनको माग गरिरहेका हुन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.