समाजवादी मोर्चा काठमाडौँको संयोजन समिति गठन

कार्तिक १६, काठमाडौँ । समाजवादी मोर्चा नेपाल काठमाडौँको संयोजन समिति गठन भएको छ ।

विहिबार समाजवादी मोर्चा नेपालका केन्द्रीय सदस्य सचिव तथा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालको प्रमुख आतिथ्यतामा मोर्चा गठन गरेको हो । मोर्चामा नेकपा एकीकृत समाजवादीबाट एलपी श्रेष्ठ र ध्रुव न्यौपाने, नेकपा माओवादी केन्द्रबाट संजय लामा र महेश्वर फुयाल नेकपाबाट भृकुटी सी र सुरेन्द्र सी जनता समाजवादीबाट अजित पुतुवार एक जनापछि थप गर्ने गरी गठन भएको छ ।

हमालले मोर्चा गठन र उदेश्यमाथि प्रकाश पार्दै निर्देशनात्मक मन्तव्य राखेका थिए । कार्यक्रममा समाजवादी मोर्चा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसाल, नेकपाका तर्फबाट मोर्चाका वाग्मती सदस्य सन्तोषि सी,जसपाको तर्फबाट मोर्चाका बाग्मती प्रदेश सदस्य तथा जसपा वाग्मती अध्यक्ष जय गोले सहित नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा काठमाडौं इञ्चार्ज वसन्त मानन्धरको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मोर्चा वाग्मतीका संयोजक सावित्रा भुसालले वाग्मती प्रदेश भित्र मोर्चाको गतिविधिका बारेमा जानकारी गराएकी थिइन् । मोर्चाको संयोजनको जिम्मेवारी पाएको नेकपा एकीकृत समाजवादीले पहिलो ४ महिना संयोजनको जिम्मेवारी सम्हाल्ने बताइएको छ । समाजवादी मोर्चा नेपालले यही कार्तिक १९ गते रसुवा जिल्ला संयोजन समिति गठन गर्ने तयारी गरेको मोर्चाका वागमती संयोजक भुसालले बताए ।

मोर्चाको अवधारणापत्रमा आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पूँजी र प्रविधि सहित फर्केका नेपालीलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने र गरीबी उन्मूलन र रोजगार प्रवर्द्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारलाई क्रियाशील बनाउने उल्लेख छ।

त्यस्तै, मोर्चाले वैज्ञानिक भू(उपयोग नीति लागू गर्दै कृषि क्रान्तिको माध्यमबाट कृषिको औद्योगिकीकरण, व्यावसायिकीकरण र आधुनिकीकरण गरी कृषिमा निर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत बनाउने, ऊर्जा, जलस्रोत, वन, उद्योग, वाणिज्य, पर्यटन, सूचना ९प्रविधि० भौतिक पूर्वाधार, यातायात लगायत क्षेत्रलाई आर्थिक समृद्धिको संवाहकका रूपमा विकास गर्ने योजना तय गरेको छ।

शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरूको रूपान्तरणका लागि राज्यले प्राथमिकता दिने उद्देश्य राखेको मोर्चाले सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगार, सामाजिक सुरक्षा र आवासमा पहुँचको प्रत्याभूति गराउने एवं शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रभावकारी बनाउँदै प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ। जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्राकृतिक विपत्‌का कारण उत्पन्न नकारात्मक असरलाई नियन्त्रण गर्ने, जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने मोर्चाको योजना छ।

त्यस्तै, गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक प्रशासन चुस्तदुरुस्त बनाउने, अनुगमन र मूल्याङ्कनको परिपाटी स्थापित गर्ने, योजना तर्जुमा गर्ने, शासकीय सुधार गर्ने तथा देशमा देखापरेको अनियमितता, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, कमिशनतन्त्र जस्ता अपराध र विकृतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउने भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.