राष्ट्रपतिबाट आममाफी पाएका व्यक्ति पुन: पक्राउ

कार्तिक १५, काठमाडौं । राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन्। भरतपुर महानगरपालिका–९ का ५५ वर्षीय रामचन्द्र थापालाई चितवन प्रहरीले मंगलबार भरतपुर अस्पतालको नयाँ गेट अगाडिबाट पक्राउ गरेको हो।

थापामाथि भरतपुर–१ का सोमराज सुवेदी र उनका छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ। भरतपुरमा मेडिकल सञ्चालन गर्दै आएका सुवेदीलाई थापाले फोन गरी २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीले बताएको छ।

पक्राउ परेका थापाविरूद्ध मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । पक्राउ परेको थापालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै चितवन प्रहरीले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी अपहरणको धम्की दिएको जानकारी दिएको छ ।

यसअघि चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएका अभियुक्त थापा गत जेठ १५ गते गणतन्त्र दिवसको दिन राष्ट्रपतिले बांकी कैद मिना गरेपछि ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेको प्रहरीले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.