रिगलविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

कार्तिक १५, काठमाडौं । गुण्डा नाइके योगराज ढकाल (रिगल)विरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । मंगलबार हेर्दाहेर्दैमा रहेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा परेको रिटमा अब निरन्तर सुनुवाइ हुनेछ । चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर सजाय काटिरहेका रिगललाई सरकारले राष्ट्रपतिबाट कैद मिनाहासहित रिहाइ गरेपछि आफ्ना पतिका हत्याराको कैद मिनाहाविरुद्ध उनकी पत्नी भारतीले गत असोज २२ मा सर्वाेच्च रिट दायर गरेकी थिइन् ।

यसअघि असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा सुनुवाइ भएको रिटमा बहस जारी रहँदा महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले प्रश्न उठाएपछि सुनुवाइ रोकिएको थियो ।

भारती शेर्पाले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कारागार कार्यालय दाङ, जिल्ला प्रशानस कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र रिगल ढकाललाई विपक्षी बनाएकी छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.