विश्वकप छनोट : लाओसमाथि नेपालको जित

असोज ३०, काठमाडौं । फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले लाओसलाई पराजित गरेको छ ।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलको ५३ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे । नेपालको जितको लागि उक्त गोल नै निर्णयक गोल बन्यो ।

यससँगै नेपाल समग्रमा २– १ ले अघि रहदै दोस्रो चरणमा पुग्यो । गत साता दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १– १ गोलको बराबरी खेलेका थिए । अब दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै युएई, यमन र बहराइनसँग प्रतिस्पर्धा हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.