बुढानीकण्ठ नगर प्रमुखलाई माओवादी केन्द्रको ज्ञापनपत्र (भिडियोसहित)

असोज ३०, काठमाडौँ । नेकपा (मओवादी केन्द) बुढानीकण्ठ नगर कमिटिले नगर प्रमुख मिठाराम अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत नगर कमिटिले टोल, वडामा रहेका, देखिएका र जनताबाट आएको सुझाव तथा समस्यालाई समेटिएर समाधानमा पहल गर्न आज (मंगलबार) ज्ञापनपत्र बुझाएका हुन् ।

सुकुम्बासी समस्या, स्वास्थ्य, रोजगार, शिक्षा, खानेपानी, बाटो लगायतको विषयमा नगरपालिकाले समान रूपमा नहेरेको भन्दै यथासिघ्र समस्याको सम्बोधन गर्न माग गरेका छन् । विकास निर्माणको काममा समेत उपभोक्त समिति निर्माणमा समेत समावेशी नगरेको, योजनाहरूमा अनिमियतता रहेको, खानेपानी समस्या समाधान गर्न नसकिएको, सुकुम्बासी बस्तीमा बिजुली प्रवाह नगरेको, पार्टी र व्यक्ति केन्द्री विकास योजना दिएको भन्दै ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै नगर प्रमुख मिठाराम अधिकारीले नगरवासीहरूलाई परेको पीरमर्कालाई सम्बोधन गर्न आफु सथै सकारात्मक रहेको बताए । नगरपालिकाभित्र केही व्यक्ति समूहहरूले नकारात्मक भ्रम सिर्जना गरेकोले काम गर्न असहज वातावरण भएको बताउँदै आगामी दिनमा सर्वदलिय बैठक बसी उपभोक्त गठन, योजना अनुगमन तथा सुझावका आधारमा काम गरिने प्रतिबद्धतता व्यक्त गरे । उनले हरेक वडाका अध्यक्षहरूसंग समन्वय गरि कार्य सम्पादन गर्दै आएको बताउँदै वडास्तरमा भएको समस्यालाई समाधान गर्न वडा पनि जिम्मेवारी रहनुपर्ने बताए ।

नेकपा (मओवादी केन्द्र) बुढानीकण्ठ नगर कमिटि अध्यक्ष भाइनारायण श्रेष्ठको संयोजकत्वमा पार्टी केन्द्रीय सदस्य करूणा बस्नेत, बागमति प्रदेश सचिवालय सदस्य टिआर नेपाल लगायत ६० भन्दा बढि प्रतिनिधिहरू सहभागी थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.