पेट्रोल पम्पको छड्के अनुगमन, तीनकुनेको भ्यालीबाबा सिल

असोज ३०, काठमाडौं । सरकारले काठमाडौंका पेट्रोल पम्पमा छड्के अनुगमन गरेको छ ।

हेलो सरकारमा काठमाडौंका केही पम्पले सरकारले दसैँको मुखमा घटाएको इन्धनको मूल्यमा बेच्न अस्वीकार गरेको, कम मात्रामा पेट्रोल वितरण गरेको, इन्धन कमसल लगायतका गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा मंगलबार छड्के अनुगमन गरिएको हो । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायतका सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर अनुगमनका लागि निर्देशन दिएका थिए ।

वाणिज्य मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय, नापतौल तथा गुणस्तर विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको टोलीले पम्पहरूमा अनुगमन गरेको हो। अनुगमनका क्रममा तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै आएको भेटिएपछि सिल गरिएको हो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.