सत्तारुढ दलका नेताहरु आफैं जेल जान्छन् : शंकर पोखरेल

असोज १५, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ ।

सरकारले एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गर्ने बताईरहेका बेला महासचिव पोखरेलले सत्तारुढ दलका नेताहरुको शासकीय चरित्रनै भ्रष्टाचार लाएको आरोप लगाउँदै उनीहरुनै जेल जाने जिकिर गर्नुभएको हो ।

पार्टीको गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै उहाँले एमाले सधैँ सुशासनको पक्षमा रहेको दावी समेत गर्नुभयो । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनका नेताहरु भ्रष्टाचारका हिमायती रहेको समेत पटकपटक दोहो¥याउनुभयो । उहाँले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मुलुकमा विकास र समृद्धिको लहर ल्याएको पनि बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.