सूचनाको हकका लागि प्रथम राष्ट्रिय महाधिवेशेन सम्पन्न, अध्यक्षमा उमीद बागचन्द

असोज १३, काठमाडौँ । सरकार र सार्वजनिक निकायमा हुने हरेक गतिविधिको बारेमा नागरिकले पाउनुपर्ने सूचनालाई सहज र सरलीकृत बनाउन समुदाय जागरणसहित सूचना हकको पैरवी गर्दै आएको सूचनाको हकका लागि राष्ट्रिय महासंघले प्रथम राष्ट्रिय महाधिवेश तथा तेस्रो साधारण सभा सम्पन्न गरेको छ ।

उक्त महाअधिवेशनबाट वरिष्ठ पत्रकार एवम् सूचना हकको अभियान्त उमीद बागचन्दको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ । विहिबार संघीय संसदका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका सो महाधिवेशेन शुक्रबारसम्म चलेको थियो ।शुक्रबार राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले उद्घाटन गरेका बन्दसत्रमा ७७ जिल्ला तथा सातै प्रदेशका प्रतिनिधिबीच महासंघको विधान एवम् भावी रणनीतिक कार्ययोजनाको बारेमा वृहत छलफलपछि नेतृत्व चयन भएको थियो ।

केन्द्रीय कार्यसमितिमा बागचन्दको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष तारा बहादुर भण्डारी, उपाध्यक्षद्वय वृजराज कुशवाह र दुर्गा तिवारी (महिला) चयन भएका छन् । त्यस्तै महासचिवमा अजय कुमार साह, सचिवमा प्रेमभक्त रेग्मी र कोषाध्यक्षमा पुष्पा शर्मा पौडेल चयन भएका छन् । केन्द्रीय सदस्यहरूमा सरस्वती तिवारी, राजेश बागचन्द, मोहसिन अलिमियाँ, दुर्गा परियार, श्रवण देउवा चयन भएका छन् ।

त्यस्तै प्रदेश संयोजक एवम् केन्द्रीय सदस्यमा
१. कोशी प्रदेश
संयोजकः नजबुल खान
खुल्ला सदस्यः लव देव ढुंगाना,

२. मद्येश प्रदेश
संयोजकः अजय साह
खुल्ला सदस्यः संतोष पाण्डे

३. बागमती प्रदेश
संयोजकः गुलाब कुमार चौधरी
खुल्ला सदस्यः राजकुमार कार्की

४. गण्डकी प्रदेश
संयोजकः यदुनाथ बञ्जाडा
खुल्ला सदस्यः शिवराज बास्ताकोटी

५. लुम्बनीनि प्रदेश
संयोजकः हेमन्त कमाचार्य

६. कर्णाली प्रदेश
संयोजकः खगेन्द्र भट्राई
खुल्ला सदस्यः राजु लामिछाने

७. सुदुरपश्चि प्रदेश
खुल्ला सदस्यः डि.वि. बिष्ट

८. उपत्यका प्रदेश
संयोजकः पूर्णप्रसाद मिश्र
खुल्ला सदस्यः भीम लामा

निर्वाचन समितिका संयोजक अधिवक्ता सन्तोष भण्डारीले नवनिर्वाचि पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । उक्त निर्वाचिन समितिमा विनोद बस्नेत, विश्वेश्वरप्रसाद रेग्मी सदस्य रहेका थिए ।

सम्मेलनमा संघीय संसदका शिक्षा, सञ्चार समितिका सभापति, राष्ट्रिय सूचना आयोग, सूचना सञ्चार तथा प्रविधि मन्त्रालय, उपभोक्ता नागरिक मञ्चका प्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष, गाउँपालिका महासंघका अध्यक्ष, गैरसरकारी महासंघका अध्यक्ष, अन्तराष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक लगायत सूचना अभियान्तहरूको सहभागी रहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.