करिब तीन किलो सुनसहित एक महिला पक्राउ

असोज १३, काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो २.७ किलो अवैध सुनसहित एक महिलालाई पक्राउ गरेको छ ।

शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलालाई सुनसहित पक्राउ गरको हो । प्रहरीका अनुसार आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार ती महिलाले भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् । प्रहरीले उक्त सुन र महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ । सुन कहाँबाट ल्याइएको थियो र कहाँ लगिदैछ भन्ने विषय खुलिनसकेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.