चार वर्षमा साढे दुई लाख विद्यार्थी घटे

भदौ २१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा चार वर्षमा झन्डै साढे दुई लाख विद्यार्थी घटेको छ । ०७२ मा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७ भर्ना भएकामा ०७५ मा जम्मा ३ लाख ६७ हजार ४ सय २७ मात्र भर्ना भएका छन ।

०७२ मा आंगिकमा २ लाख ७३ हजार ३ सय ४९ र सम्बन्धनप्राप्त क्याम्पसमा ३ लाख ३१ हजार ८८ गरी ६ लाख ४ हजार ४ सय ३७ विद्यार्थी भर्ना भएका थिए । ०७३ मा अघिल्लो वर्षभन्दा झन्डै दुई लाख विद्यार्थी घटेका छन । सो वर्ष आंगिकमा १ लाख ६९ हजार ८ सय ६५ र सम्बन्धनप्राप्त क्याम्पसमा २ लाख ६६ हजार ९ सय १६ गरी जम्मा ४ लाख ३६ हजार ७ सय ८१ विद्यार्थी मात्र भर्ना भए ।

०७४ मा पनि विद्यार्थी संख्या निरन्तर घट्यो । सो वर्ष त्रिविका सबै क्याम्पसमा गरी ३ लाख ६० हजार २ सय ५४ विद्यार्थी मात्र भर्ना भए । ०७५ मा अघिल्लो वर्षभन्दा कुल विद्यार्थी संख्या ७ हजार बढेको त्रिविको तथ्यांक छ । ०७५ मा आंगिकमा १ लाख ४२ हजार २ सय ९६ र सम्बन्धनप्राप्तमा २ लाख २८ हजार ९ सय ६ गरी ३ लाख ६७ हजार चार २७ विद्यार्थी भर्ना भएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.