‘अपि क्रिकेट कार्निभल’ भदौ ३० गतेदेखि हुने

भदौ २८, काठमाडौँ ।  अपि स्कुलको आयोजनामा हुने ‘अपि क्रिकेट कार्निभल’ भदौ ३० गतेदेखि सुरु हुने भएको छ । बिहीबार आयोजक अपि स्कुलले पत्रकार सम्मेलनमार्फत प्रतियोगिता भदौ ३० गतेदेखि असोज २ गतेसम्म हुने जानकारी दिएको हो ।

लिगकम नकआउट पद्दतिमा सञ्चानल हुने प्रतियोगिता धापासी हाइट, टोखामा सञ्चालन हुनेछ । प्रतियोगितामा काठमाडौंका १२ स्कुलको सहभागिता रहने आयोजकले बताएको छ ।

तियोगितामा आयोजक अपि स्कुलको दुई टोली, युरो स्कुल, रेडियन्ट स्कुल, उज्जल शिशु निकेतन एकेडेमी, एलआरआई, मोक्षदा स्कुल, एन्जल हर्ट, नितेन मेमोरियल, थिलिङटार हाईअर सेकन्डरी, एभीएस र श्रीकामना बोडिङ स्कुलले सहभागिता जनाउने छ ।

प्रतियोगितामा सहभागी हुने टिमका खेलाडी सोही स्कुलमा अध्ययनरत हुनुपर्ने आयोजकले जनाएको छ । सहभागी टिमलाई एक समूहमा चार टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ ।

समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । १० ओभरको खेलमा प्रत्येक टिमका आठ खेलाडीले खेल्नेछन् । प्रतियोगिताकाको विजेता र उपविजेता टोलीलाई ट्रफी प्रदान गरिनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.