भदौ २५, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रकम मागेको खुलाएका छन् ।
समानुपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायीसँग दुई करोड रुपियाँ रकम घुस मागेको अडियो सार्वजनिक भएको थियो । सोही अडियोका कारण उनलाई पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो ।
श्रेष्ठले आफू मन्त्री बन्ने भन्दै ‘कोर टिम’का लागि दुई करोड चाहिएको बारेमा प्रसाईंसँग कुराकानी गरेको अडियो संवादमा खुलेको थियो । सोही ‘कोर टिम’का सदस्यमध्येका एक मोहनजंग थापाले नै आफूसँग तीन करोड रुपियाँ मागेको श्रेष्ठको दाबी छ । स्पेस फोर के टेलिभिजनसँगको संवादमा बोल्दै श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोडमा डिल भएको खुलाएका छन् ।

