नेपाल महिला चेम्वरद्वारा आयोजित तीज मेलाको उद्घाटन

भदौ २४, काठमाडौँ । नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्वरद्वारा महिलाहरुको महान चाड तीजलाई लक्षित गरी ‘ट्रेड शो तीज स्पेशल २०२३’ को आयोजना गरियो ।

नेपाली महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका बिबिध सामाग्रीहरुको प्रदर्शन तथा बिक्री प्रवद्र्धन महिलाहरुमा उद्यमीशीलताको बिकाश गर्ने हेतुले आयोजना गरिएको उक्त मेलाको समुद्घाटन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले गर्नु भयो । आफ्नो उद्घाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्वर महिलाहरुको सर्वागिंण बिकाशको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरुको उद्यमशीलताको बिकास तथा सामाजिक, सास्कृतिक तथा आर्थिक कृयाकलापहरुमा महिलाहरुको सहभागितामा वृद्धि हुने आशा व्यक्त गर्नु भयो । महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हाशिल गर्न सक्ने बताउनु हुंदै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्वरलाइ धन्यबाद व्यक्त गर्नु भयो ।

सो अवसरमा लोकप्रिय गायिका रेखा शाह,नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी लगायत चेम्वरका वरिष्ठ उपाध्यक्ष श्री कमलेश कुमार अग्रवाल, उपाध्यक्ष श्री दीपक मल्होत्रा तथा श्री दीपक श्रेष्ठले मेलाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिनु भएको थियो । नेपाल महिला चेम्वरका महासचिव तथा मेला संयोजक श्री लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरु सहभागिता रहेको र आज सम्पन्न हुने उक्त एक दिने मेलामा सांगितिक कार्यक्रम, फेसन शो नृत्य लगायतका कार्यक्रम समावेश भएको जानकारी दिनु भयो अन्तमा महिला चेम्वरका बिबिध कार्यक्रमहरुवारे जानकारी दिनु हुंदै सहभागी सवैलाइ धन्यबाद व्यक्त गर्नु भयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.