करिब १२ केजी चरेस बोकेर थाइल्याण्ड उड्न लागेका तीन जना पक्राउ

भदौ २२, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १२ केजी चरेससहित तीन जना पक्राउ परेका छन्।

बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामदद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ। पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन रहेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.