निजामति सेवा दिवस : यी हुन् पुरस्कृत हुने ४० कर्मचारी (सूचीसहित)

भदौ २२, काठमाडौं । सरकारले २०औं निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको हो । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० कर्मचारीहरूमा धनकुटा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव राम प्रसाद लम्साल रहेका छन् ।

त्यस्तै राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने, मालपोत कार्यालय खाँदवारीमा मालपोत अधिकृत चन्द्र प्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कम्प्यूटर अधिकृत सुनिल कुमार के।सी।, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मी कृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौडाका नायव सुब्बा शुभलक्ष्मी लामा छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.