काठमाडौं प्रहरी अवार्डः उत्कृष्टमा २ डिएसपी २ इन्सपेक्टर

भदौ २०, काठमाडौं । गएको वैशाखदेखि मासिक रुपमा वितरण हुँदै आएको काठमाडौं प्रहरी अवार्ड वितरण गरिएको छ ।

बुधबार महानगरीय प्रहरी परिसरमा आयोजित एक कार्यक्रममा डिएसपीतर्फ महानगरीय प्रहरी वृत्त जनसेवाका टेकुनन्द इवा लिम्बू र प्रहरी वृत्त लैनचौरका गौतमकुमार केसीले संयुक्त रुपमा पुरस्कार प्राप्त गरे । उनीहरुलाई सयुंक्त रुपमा ५० हजार प्रदान गरिएको हो । यस्तै प्रहरी निरीक्षक (इन्सपेक्टर) तर्फ परिसर काठमाडौंमा कार्यरत अनिलकुमार अधिकारी र महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत जितेन्द्र श्रेष्ठ उत्कृष्ट घोषित भए । उनीहरुले संयुक्त ३५ हजार रुपैयाँ प्राप्त गरे । सईतर्फ मिनबहादुर खड्का र पूर्णबहादुर कठायत, असईमा सुरेन्द्रबहादुर बसेल र विश्वभुषण खड्का पुरस्कृत भएका छन् ।

सईद्वयले संयुक्त रुपमा २५ हजार प्राप्त गर्दा असईद्वले २० हजार प्राप्त गरे । यस्तै प्रहरी हवल्दारतर्फ किशोरकुमार गोले र रुपबहादुर थापा पुरस्कृत भएका छन् । उनीहरुले १५ हजार रुपैयाँ संयुक्त रुपमा प्राप्त गरे । प्रहरी जवानतर्फ कमलप्रसाद देवकोटा र जीवन श्रेष्ठ १० हजार रुपैयाँसहित पुरस्कृत भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाल बङ्लादेश बैंकको आर्थीक सहयोगमा परिसर काठमाडौंले एक वर्षका लागि उत्कृष्ट प्रहरी अवार्डका लागि १८ लाख प्रदान गर्ने सम्झौताअनुसार पुुरस्कार वितरण हुँदै आएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.