सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा विश्वसामु परिचित गराउने उद्देश्यले स्थापना गरिएको सम्भवतः विश्वकै सबैभन्दा अग्लो ढुंगाको आराध्यदेव भिं द्यो अर्थात भीमसेनको मूर्तिको छैठौँ स्थापना दिवस तथा भिं द्यो पुजा भदौ २२ गते हुने भएको छ ।

सुनाकोठी समाजले वार्षिक रुपमा आयोजना गर्दै आएको भीमसेन जात्रालाई भविष्यमा पनि निरन्तरता दिइने आयोजक सुनाकोठी समाजका अध्यक्ष बिनोद डंगोलले बताए । उनले मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको ६० टनको सिङ्गो ढुङ्गाबाट धेरै मेहनतपछि भीमसेनको मूर्ति बनाउन सफल भएको जानकारी बताए । सुनाकोठीमा भब्य तामझामका साथ छैठौं बार्षिक उत्सव मनाउने तयारी अन्तिम चरणमा रहेको अध्यक्ष बिनोद डंगोलले बताए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.