अमेरिकी सेना भोलि नेपाल आउँदै

भदौ २०, काठमाडौं । अमेरिकी सेनाको एउटा टुकडी संयुक्त अभ्यासका लागि वन्दोवस्तका सामग्रीसहित वायु सेनाको विमानमार्फत नेपाल आउने भएको छ । नेपाली सेनासँग काठमाडौंमा संयुक्त अभ्यास गर्ने अमेरिका सेनाको टुकडी भोलि (बिहीबार) नेपाल आउने भएको हो ।

अमेरिकी सेनाको टुकडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि अमेरिकी वायु सेनाको विमान त्यसको भोलिपल्ट २२ भदौमा फिर्ता हुनेछ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले दुई देशका सेनाबीच चल्ने संयुक्त अभ्यास तालिम २४ भदौदेखि १२ असोजसम्म सञ्चालन हुने हुने जानकारी दिएका छन् । नियमित रुपमा सञ्चालन हुँदै आएको दुई देशका सेनाबीचको संयुक्त अभ्यासको ४०औं संस्करणमा नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना गरी ४२ जना सैनिक सहभागी हुने प्रवक्ता भण्डारीले जानकारी दिएका छन् ।

संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाको भनाइ छ ।सैनिक मुख्यालयका अनुसार नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायललगायत देशका सैन्य संगठनहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरू लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागी हुँदै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.