कुन्दन काफ्लेले दिए संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा

भदौ १९, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् ।

काफ्लेले सामाजिक सञ्जालमार्फत आफूले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी गराएका हुन् । प्रदेश सभा सदस्य काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव भएकोले राजीनामा दिएको बताएका छन् ।

उनले भनेका छन्, ‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.