ललिता निवास जग्गा प्रकरण : आजदेखि थुनछेक बहस

भदौ १७, काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा आज (आजदेखी) देखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंको न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस हुनेछ ।

बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका १८ जनासँग शुक्रबार बयान लिएपछि आज देखि थुनछेक बहस सुरु गर्न लागेको हो । प्रतिवादीको बयान पनि यही न्यायाधीस ढकालके इजलासका अधिकृतहरूले गरेका थिए । ललितानिवास जग्गा प्रकरणमा शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कलाधर देउजा, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, बेदप्रकास पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरे पक्राउ परेका छन् ।

उनीहरूका विषयमा अब क्रमैसँग थुनछेक बहस हुने काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए । अदालतका अनुसार थुनछेक बहसका लागि शुक्रबार नै जिल्ला सरकारी वकिललाई खबर भइसकेको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.