जनैपूर्णिमाः हेलम्बुको सात धारामा भक्तजनको भीड (फोटो फिचर)

सुजन पाख्रिन ।
भदौ १५, काठमाडौँ ।  सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं। २ र ३ को सिमनामा अवस्थित धार्मिक तिर्थस्थल सातधारामा हरेक वर्षको भदौ पूर्णिमाको दिन ठुलो मेला लाग्ने गरेको छ ।

भदौ पूर्णिमाको दिन उक्त स्थानमा ठुलो चट्टानी पहरामुनीको ७ ठाउँबाट जल निस्कने गर्दछ । परापूर्वकालदेखि प्राकृतिक रूपमा उत्पन्न भएको त्यस स्थानको सबै जललाई महदेवको प्रर्सादको रूपमा भक्तजनहरुले सेवन गर्ने गरिन्छ । साथै पूर्णिमाको दिन मात्र ७ वटा धाराबाट जल निस्कले भएकोले यो स्थानलाई विशेष रूपमा मान्ने गरिन्छ ।

भदौ पूर्णिमाको दिन मात्र ७ वटा धाराबाट जल निस्किने भएकोले उक्त स्थानमा हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाचँपोखरी थाङ्पाल गाउँपालिकाका श्रद्धालु भक्तजनहरुको भिड् लाग्ने गर्दछ । विभिन्न ठाउँबाट झाँक्री सहित यस स्थानमा दर्शन गर्न आउने गर्दछ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.