भदौ ११, काठमाडौँ । नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कमिटिको पूर्ण बैठक सम्पन्न भएको छ ।
आइतवार काठमाडौँमा संघका अध्यक्ष लाप्साङ पाख्रिन (तामाङ) को अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य राजाराम स्याङतानको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रथम राष्ट्रिय सम्मेलनको तयारी बारे छलफल गरेको छ । उक्त बैठकले असोजको पहिलो हप्तामा अधिवेशन गर्ने निर्णय गरिएको छ । कार्यकर्ता उत्पादन तथा संगठन सुदृढिकरणका लागि विशेष अभियान सहित तामाङ संघ समाजवादीको सम्मेलन हुने भएको हो । केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाती महासंघका सह–ईन्चार्ज समेत रहेका स्याङतानले तामाङ समुदायलाई राजनीतिमा सहभागीता बढाउन हरेक तहबाट सचेतना जागरण अभियान सुरू गर्नुपर्ने बताए । उनले तामाङ समुदायका नयाँ पुस्तालाई नेतृत्वसहितको राजनीतिक सहभागिता आवश्यकता रहेको बताउँदै तामाङ समुदायमा संगठन विस्तार गर्नुपर्ने औल्याए ।

नेपाल तामाङ संघ (समाजवादी) ले स्थापनाकालदेखि तामाङ समुदायको हकहित, अधिकार तथा पहिचानका पक्षमा विशेष पहल गर्दै राजनीतिक नेतृत्वमा समान सहभागीताको लागि आवाज उठाउँदै आएको छ । बैठकमा संगठन विस्तारको क्रममा सातै प्रदेशको भेला तथा कमिटि गठन गर्ने निर्णय गरिएको छ । भदौ १७ गते कोशी, मद्येस र बागमति प्रदेशमा भेला तथा राष्ट्रिय सम्मेनलनका लागि प्रतिनिधि समेत छनोट गर्ने भएको छ । राष्ट्रिय सम्मेलनका लागि जिम्मेवारी समेत बाँडफाँट गरिएको छ ।

संघको महासचिव किरण मोक्तानले सञ्चालन गरेकी बैठमा पार्टी केन्द्रीय कुमारी शान्ता पाख्रिन, पार्टी निर्वाचन आयोग केन्द्रीय सदस्य रामचन्द्र बल, केन्द्रीय परिसद सदस्य एवम् नेपाल आदिवासी जनजाति महासंघका महासचिव चन्द्र बहादुर तामाङ, जनजाति महासंघका सह–कोषाध्यक्ष संगिता पाख्रिन, तामाङ संघका सल्लाहकार प्रतीक ङेसुर तामङ संघका लगायत पदाधिकारी तथा सदस्यहरू उपस्थिति रहेका थिए ।

