८० शाखा अधिकृत गाउँपालिकामा खटाइए (सूचीसहित)

भदौ ६, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ८० जना शाखा अधिकृतलाई विभिनन गाउँपालिकामा खटाएको छ ।

मन्त्रालयले मंगलबार नयाँ नियुक्त भएका उनीहरूलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएको हो । शतप्रतिशत अधिकृतहरूलाई स्थानीयमा पठाउने निर्णय सुधारको निरन्तरता भएको मन्त्रालयको भनाई छ ।

यसअघि सोर्सफोर्स लगाउन सक्नेले सिंहदरबार छाड्दैनन् थिए भने पावर नहुनेहरूलाई मात्रै तलतिर पठाउने गरिनथ्यो । तर पछिल्लो समय मन्त्रालयले लोक सेवा आयोगकै योग्यता क्रमका आधारमा रिक्त दरबन्दीमा कर्मचारी खटाएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.