प्रतिनिधिसभाको बैठक बस्दै नबसी भदौ ५ गतेसम्म स्थगित

भदौ ३, काठमाडौं । आइतबार (आज) का लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय दलको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद बैठक स्थगित गरिएको हो । आइतबार बसेको दुवै बैठकमा प्रमु्ख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान राखेको थियो । तर, सरकार उच्चस्तरीय छानबिन समिति गठन नगर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

एमालेले अडान नछाडेपछि संसदको अवरोध कायम रहेको हो । त्रिभुवन विमानस्थल भन्सारबाट जाँच पास भएर बाहिरिएको ६० किलो बरामद सुन प्ररकणमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीसमेत दोषी रहेको दाबी गर्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.