साउन २९, काठमाडौँ । तीनदेखि लगातार परेको वर्षाले सिन्धुपाल्चोक स्थित हेलम्बु र मेलम्चीमा सडक अवरुद्ध भएको छ । वर्षाकै कारण बाढी आउँदा इन्द्रावती र चनौटे बेलि ब्रिज जोखिममा परेको छ ।
प्रत्येक वर्ष बर्षातको समयमा बाढी पहिरो आउनुको साथै ठूलो धनजनको क्षति व्यहोर्दै आएको मेलम्ची– हेलम्बु बस्तीमा यस पटक पनि मानव बस्तीमा क्षति पु¥याएको छ । बाढी पहिरो बढे लगतै मेलम्ची नदीको सतह बढेर आएको छ । केही घरहरू डुबानमा परेको छ भने दुई बेलि ब्रिजमा क्षति पु¥याएको छ । अझै मौसम स्थीर हुने संकेत नभएकाले त्यस आसपासमा बसोबास गर्ने स्थानीयहरूलाई सतर्कताका साथ अन्य स्थानमा बस्न सिन्धुपाल्चोक जिल्ला प्रशासनले आग्रह गरेको छ ।

