दलाल पूँजीवादका कारण युवा विदेशिन बाध्य : महासचिव भुसाल

साउन २८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भसालले युवा बेरोजगार उत्पादन र रोजगारीमा राज्यको सही आर्थिक नीति नभएको र दलाल पूँजीवादी अर्थनीतिले युवा बेरोजगार बढाएको र विदेशिन बाध्य बनाएको चर्चा बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज बिहान पेसागत महासंघ नेपाल युवा राष्ट्रिय समितिको आयोजनामा युवा र्याली तथा शुभकामना आदानप्रदान तथा युवा विशेषांक कोनेप बुलेटिन विमोचन र पेसागत स्वयंसेवक कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले भने, एकीकृत समाजवादी पार्टीले अब मुलुकमा समाजवादी क्रान्ति गर्ने नेपाली क्रान्तिको कार्यक्रमलाई आगामी महाधिवेशनबाट अगाडि बढाउने बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज बिहान युवा र्याली रत्नपार्क–जमल–तीनधारा पाठशाला हुँदै कमलादीस्थित प्रज्ञा भवनसम्म पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो र्यालीमा श्रमिक कर्मचारीको रोजगारीको स्थायित्व प्रदान गर, सामाजिक सुरक्षाका सुविधाको प्रत्याभूति गर, उत्पादन र रोजगारी वृद्वि हुने क्षेत्रमा लगानी विस्तार गर, अनियमितता र भ्रष्टाचार गर्नेलाई कारबाही गर, श्रमिकमैत्री श्रम कानुन लागू गर भन्दै युवाहरुले नारा लगाएका थिए ।

कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष तथा विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटियू) का प्रेसिडेन्सियल काउन्सिल सदस्य प्रेमलकुमार खनालको अध्यक्षतामा भएको शुभकामना आदान–प्रदान तथा पेसागत महासंघ नेपालबाट प्रकाशित युवा बिशेषांक कोनेप सन्देश विमोचन गर्दै प्रमुख अतिथि भुसाललगायतका अतिथिहरु गरेका थिए । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले युवा रोजगारीका क्षेत्रमा सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।

सोही कार्यक्रममा युवासंघ नेपालका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री नरेश शाही र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले युवाले भोगिरहेका समस्या बारेमा चर्चा गरेका थिए । कार्यक्रममा पदम खत्रीको संयोजकत्वमा ५१ सदस्यीय पेसागत महासंघ नेपाल स्वयंसेवक समिति गठन भएको घोषणा गरिएको छ । महासंघका महासचिव राजन रेग्मीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष तथा युवा राष्ट्रिय समितिका संयोजक शरणकुमार गुरुङले कार्यक्रममाथि प्रकाश पारेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.