१२ लाख ८० हजार भारतीय रुपैयाँ सहित एक जना काँकडभिट्टाबाट पक्राउ

भदौ १९, बिर्तामोड । अबैध रुपमा नेपाल भित्राउन लागिएको १२ लाख ८० हजार भारतीय रुपैयाँ सहित एक जना पूर्वी नाका काँकडभिट्टाबाट पक्राउ परेका छन् ।

सोमबार बिहान भारतबाट नेपाल प्रवेश गर्ने क्रममा मेची भन्सार कार्यालयमा एक्सरे मेसिनले झोला स्क्यान गर्दा अबैध रुपमा भित्राउन लागेको सो भारतीय रकम सहित ललितपुरका रविन्द्र बज्राचार्यलाई भन्सार कार्यालयले पक्राउ गरेको हो । बज्राचार्यको झोलाबाट ५०, १०० र २०० का नोट फेला परेको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख टेक बहादुर अर्यालले बताए । सुरुमा झोलामा के छ भनेर सोध्यौ, कागजपत्र मात्रै छ भनेपछि शंका लागेर मेसिनले स्क्यान गर्दा ठूलो परिमाणमा भारतीय रुपैयाँ फेला पर्‍यो । भन्सार प्रमुख अर्यालले भने ।

पक्राउ परेका बज्रचार्य बिहान साँढे सात बजे नै भारतबाट नेपाल प्रवेश गरेका थिए । भन्सार प्रमुख अर्यालका अनुसार बरामद भएको रकम सहित बज्राचार्यलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.