काठमाडौँमा हजारौको संख्यामा जनजाति समुदायको विरोध प्रर्दशन

साउन २२, काठमाडौँ । विवादास्पद अभिव्यक्ति दिने अधिवक्त भगवती पाण्डे प्रकरणले आदिवासी जनजाति पुनः एक ठाउँमा उभिएको छ । आज काठमाडौँमा तामाङ र मगर समुदायले आह्वन गरेको विरोध प्रर्दशनमा हजारौँ संख्यामा उपस्थिति रहेको थियो ।

एक टेलिभिजन अन्तरवार्तामार्फत पाण्डेले तामाङ र मगर समुदायको सांस्कृतिक एवम् संस्कारमाथी गलत तरिकाले अभिव्यक्ति दिएर भ्रमति पार्न खोजिएको भन्दै उनलाई कारवाहीको मागसहित सडक प्रर्दशन गरेको नेपाल तामाङ घेदुङ र नेपाल मगर संघ संघले जनाएको छ । माईतिघर मण्डलाबाट सुरू भएको प्रर्दशन ¥याली बानेश्वरचोकमा आएर कोणसभामा परिणत भएको थियो । उनीहरुले प्रधानमन्त्री, गृहमन्त्री र काठमाडौँ जिल्ला प्रहरी  परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीको राजीनामा समेत मागेको छ ।

तामाङ र मगर समुदायको धर्म संस्कारबारे विना अध्ययन गलत अभिव्यक्ति दिने तथा वंशानुगत नै अपराधीकरणमा संलग्न रहेको भन्दै आएकी अधिवक्ता पाण्डेलाई कानूनी रुपमा कारवाहीको माग राख्दै यस अघि टेकु परिसरमा धर्ना राखेका थिए । धर्नाका क्रममा प्रहरी हस्ताक्षेप भएको भन्दै थप आन्दोलनको घोषणा सहित आज विशाल प्रर्दशन गरेको नेपाल तामाङ घेदुङले जनाएको छ । प्रर्दशनमा काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट लगायत काठमाडौँ उपत्यकाबाट ठूलो संख्यामा सहभागीता जनाएको बताएको छ ।

शान्तिपूर्ण प्रर्दशनमा नेपाल आदिवासी जनजाति महासंघ आवद्ध संघसंस्थाहरू तथा राजनीतिक संगठनहरूबाट पनि उल्लेख्य उपस्थिति रहेको नेपाल तामाङ संघ (समाजवादी ) का केन्द्रीय अध्यक्ष लाप्साङ लामाले जानकारी दिए । राज्यको विभेदकारी कदम विरूद्ध सबै जनजाति एक हुने बेला आएको बताउँदै राज्य शासन प्रणालीमै सुधार गर्नुपर्ने माग राखेको छ । सरकारले भवगती पाण्डे जस्ता व्यक्तिलाई प्रयोग गर्दै आम जनजाति समुदायको आस्था र पहिचान धुमिल पार्ने संयन्त्र रचेको आरोप छ ।

 

काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा धर्नाका क्रममा गिरफ्तारी भएकाहरूलाई चरम यातना दिइ कुटपिट तथा अश्लिल व्यवहार देखाएको भन्दै एसएसपी दानबहादुर कार्कीलाई कारवाही गरी घाइतेहरूलाई समेत क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ । समान व्यवहार तथा शान्ति सुरक्षा प्रत्यभूति दिनुपर्ने प्रहरीले समेत जातिय हिंसा गर्न खोजिएको भन्दै अभियान्तहरूले गम्भीर आपत्ति जनाएको छ ।

भिडियोमा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.