सुवास कर्माचार्य एकीकृत समाजवादीबाट निष्कासन

साउन २९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय कमिटि सदस्यता सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य पार्टीबाट निष्कासनमा भएका छन् ।

नेकपा एकीकृत समाजवादीको सचिवालयको ६२ औ बैठकले सो निर्णय गरेको पार्टी उपहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाए । पार्टी केन्द्रीय कमिटि सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज कर्माचार्यले पार्टीको नीति कार्यक्रम, सङ्गठनात्मक पद्धति तथा निष्ठाका बिरुद्धमा कृयाकलाप गरि अनेकौ पटक सम्झाउदा पनि पार्टि हितका बिरुद्धमा गतिबिधि गरेकोले पार्टिको साधारण सदस्यता समेत नरहने गरी पार्टिबाट निष्कासन गरेको खतिवडाले बताए ।

अवसर र स्वार्थमा केन्द्रीत राजनीतिको बाटो अपनाएकोले उनलाई निष्कासन गरेको बताउँदै पार्टिका सम्पूर्ण कार्यकर्तालाइ उनको गतिबिधिको भ्रममा नपर्न समेत आग्रह गरेका छन् । कर्माचार्य यस अघि नै एमालेमा फर्किने संकेत गरेको एमाले निकट स्रोतको दावी छ । उनलाई फकाउन नेकपा एमालेका नेता गोकुल बाँस्कोटा सक्रिय रूपमा लागि परेको सूचना बाहिरिएसंगै सिन्धुपाल्चोकका एमाले नेताकार्यकर्ता भने तिब्र रूपमा असुन्तुष्टि पोख्दै आईरहेको छ ।

चितवनमा भएको एमालेको १० औँ  महाधिवेशनमा केन्द्रीय सदस्य नपाएपछि एकीकृत समाजवादीमा प्रवेश गरेका कर्माचार्य पछिल्लो समय गोकुल बाँस्कोटाको भूमारीमा परेका कारण उनले पार्टीको हित विपरीत गतिविधि गर्दै आईरहेकोले सचिवालयको बैठकबाट कारवाही गरेको बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.